महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

भदौ ३१, दमक । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

साँझ ५ः३० बजेबाट सुरु हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्ने भएको हो ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ ।

भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।

यस्तै दिउँसो १ बजेबाट बंगलादेश र भुटानबीच पहिलो सेमिफाइनल हुनेछ ।

सम्बन्धित खवर