महिला साफ च्याम्पियनसिप : भारताई हराउँदै नेपाल फाइनलमा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : भारताई हराउँदै नेपाल फाइनलमा

भदौ ३१, काठमाडौं । साविक बिजेता भारत माथि ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमामा भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।

नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

अब नेपालले उपाधिका लगि सोमबार बंगलादेशको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो ।

 

सम्बन्धित खवर