महिला साफमा बंगालदेश नयाँ च्याम्पियन, नेपाल फेरि चुक्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफमा बंगालदेश नयाँ च्याम्पियन, नेपाल फेरि चुक्यो

असोज ३, दमक । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

बंगलादेश सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् भने शामसुनाहरले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले एक मात्र सान्तवना गोल फर्काईन् ।

यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

सम्बन्धित खवर