कुम्मायक गाउँपालिकाले गर्यो यासोक बजारको सरसफाइ - Mangsebung News
  • शुक्रबार, असोज २१, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकाले गर्यो यासोक बजारको सरसफाइ

  • पदम सुखी सम्बाहाम्फे

असोज ३, यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको आयोजनामा आज सोमबार यासोक बजार सरसफाइ गरिएको छ ।

१८ औ संविधान दिवसको अवसरमा भएको बजार सरसफाइ कार्यक्रममा यासोक बजारमा रहेका बित्तिय सस्थाका कर्मचारी तथा गाउँपालिकाकाका कर्मचारी लगायत इलाका प्रहरी कार्यलयका इन्चार्ज बुद्धि चोङ्बाङको उपस्थिति रहेको थियो ।

घर आगन तथा बजार सफा राख्न सके हरेक मानिसको जिबनशैलि तथा स्वास्थ्य रहन सक्ने गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतिले बताए । यतिबेला कोरोना भाइरस तथा लामखुट्टेको टोकाइबाट सयौंको जनजीवनमा नकारात्मक असर परिरहेकोले सरसफाइमा अनिवार्य ध्यान पुर्याउनु पर्ने अध्यक्ष लावतिको भनाइ थियो ।

गाउँपालिकाको पहलमा सन्चालन भएको यो कार्य प्रशंसनीय रहेको तर बर्षमा एकपटक मात्र नभइ हरेक दिन र हप्तामा बजारलाई सफा राख्नु पर्ने बजारबासीका नागरिक समाजले जोड दिएका छन ।

लामखुट्टेको टोकाइबाट हरेक मानिसको जनजीवनमा नकारात्मक असर परिरहेकोले सबैले आआफ्नो घरआगनको सरसफाइमा अनिवार्य ध्यान दिनसके सबै नागरिक स्वस्थ्य रहन सकिने बताइएको छ ।

सम्बन्धित खवर