पुनम, दीपा र इन्दिराले अन्तराष्ट्रिय फुटबलबाट लिए सन्यास - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुनम, दीपा र इन्दिराले अन्तराष्ट्रिय फुटबलबाट लिए सन्यास

असोज ४, दमक । नेपाली राष्ट्रिय महिला फुटबल टिमका डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबबाट क्लब फुटबल खेलिरहेका राखेप तीनै जना खेलाडीलाई सदस्य सचिव टंक लाल घिसिङले ब्लेजर लगाएर बिदाइ गरेका थिए ।

 

सम्बन्धित खवर