अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई

असोज १०, दमक । अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज घरेलु टोली भारतले जितेको छ ।

आइतबार राति हैदराबादमा भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज भारतले २–१ ले जितेको हो ।

पाहुना टोली अष्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि सुर्यकुमार यादवले ३६ बलमा ६९ तथा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए । हार्दिक पाण्ड्याले १६ बलमा २५ तथा रोहित शर्माले १७ रन बनाए ।

अष्ट्रेलियाका लागि डेनियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १÷१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

अष्ट्रेलियाका लागि टिम डेभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए । डेनियल साम्सले अविजित २८ तथा जोस इंग्लिसले २४ रन बनाए ।

भारातका लागि अक्षर पटेलले ३ तथा युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १÷१ विकेट लिए ।

सम्बन्धित खवर