घटस्थापनाको अबसरमा फुटबल खेल प्रतियोगिता सम्पन्न - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

घटस्थापनाको अबसरमा फुटबल खेल प्रतियोगिता सम्पन्न

   

  • पदम सुखी सम्बाहाम्फे

असोज १०, कुम्मायक । कुम्मायक गाउँपालिकाको यासोकमा घटस्थापनाको अबसरमा फुटबल खेल प्रतियोगिता आज सोमबार सम्पन्न भएको छ ।

कुम्मायक गाउँपालिकाका कर्मचारी र उद्योग बाणिज्य संघ शाखा यासोक तथा यासोकमा रहेका बित्तीय संघ सस्थाका कर्मचारीहरु बिच भएको उक्त खेलमा कर्मचारी टिम बिजयी भएको छ ।

हिन्दुहरुको महान चाड बडादशै पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले फुटबल खेलको आयोजना गरिएको कुम्मायक गाउपालिकाका सूचना शाखा प्रमुख प्रदीपसिं तामाङले बताएको छ ।

पृथ्वी माध्यमिक बिधालयको खेलमैदानमा सम्पन्न भएको सो प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्र बहादुर खड्का र वडा अध्यक्षहरु लगायत वडा सदस्य साथै अबिबाहक बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर