मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्भा गर्दै - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्भा गर्दै

असोज ११, दमक । आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत साँझ ५ः३० बजे घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो ।

हेड टु हेड

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

सम्बन्धित खवर