यूईएफए नेसन्स लिग : इटाली फाइनल्समा प्रवेश - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : इटाली फाइनल्समा प्रवेश

असोज ११, दमक । इटाली हंगेरीलाई २–० गोल अन्तरले हराउँदै यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।

यस जितसँगै लिग ए समूह ३ बाट इटालीले फाइनल्सममा स्थान बनाएको हो । इटालीले ६ खेलमा ११ अंक जोड्यो । र,शीर्ष स्थानमा रह्यो ।

हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

सम्बन्धित खवर