यूईएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा

असोज १२, दमक । पोर्चुगललाई हराउदै स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराउदै स्पेन फाइनल्समा प्रवेश गरेको हो ।

स्पेनको जितका लागि खेलको ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।

यस जितसँगै स्पेनले शीर्ष स्थानमा रहदै लिग ए समूह २ बाट फाइनल्समा स्थान बनाएको हो ।

स्पेनले ६ खेलमा ११ अंक जोड्यो । पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

 

सम्बन्धित खवर