जमैकाबिरुद्ध अर्जेन्टिनाको सानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जमैकाबिरुद्ध अर्जेन्टिनाको सानदार जित

असोज १२, दमक । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० गोल अन्तरले हराउदै सानदार जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल र जुलियन अल्भारेजले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए त्यसपछि मेस्सीले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

यसैगरि मेस्सीले खेलको ८९ औं मिनेटमा फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

सम्बन्धित खवर