ला लिगा : मालोर्कामाथि बार्सिलोनाको कठिन जित - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : मालोर्कामाथि बार्सिलोनाको कठिन जित

असोज १६, दमक । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ ।

शनिबार राति रोबर्ट लेवान्डोस्कीको एकमात्र गोलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले हराउदै जित निकालेको हो ।

खेलको २० औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि विजयी गोल गरेका थिए । बार्सिलोनाले यस सिजन ६ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोड्दै ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर