लिग वान : नाइसमाथि पीएसजीको साँघुरो जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : नाइसमाथि पीएसजीको साँघुरो जित

असोज १६, दमक । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साँघुरो जित निकालेको छ ।

शनिबार राति लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा नाइसलाई २–१ ले हराउदै पीएसजीले जित निकालेको हो ।

मेस्सीले २९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलमा बैकल्पिक खेलाडीको रुपमा बेन्चबाट मैदान छिरेका एमबाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

पीएसजी ९ खेलबाट २५ अंक जोड्दै लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर