शंकर मादेन स्मृति भलिबल प्रतियोगिताको उपाधि लासिङबुङले जित्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शंकर मादेन स्मृति भलिबल प्रतियोगिताको उपाधि लासिङबुङले जित्यो

असोज १६, माङसेबुङ । शनिबार र आईतबार गरि दूईदिन सम्म आयोजना गरिएको शंकर मादेन स्मृति भलिबल प्रतियोगिताको उपाधि माङ्सेबुङ ५ लासिङबुङले जितेको छ ।

आत्मा पबित्र हक्चात यक्चुमको आयोजनामा माङ्सेबुङ ५ स्थित सरस्वती मा.वि.को खेल मैदानमा आइतबार भएको फाइनल खेलमा माङ्सेबुङ ६ मालबासेलाई हराउँदै लासिङबुङले उपाधि जितेको हो ।

फाइनल खेलमा माङ्सेबुङ वडा ५ लासिङबुङले माङ्सेबुङ वडा ६ मालबासेलाई पहिलो सेटमा २५–२४ हराएको थियोे भने, दोस्रो सेटमा मालबासेले २६–२५ को सेटमा बराबरी बनाउदै खेल बेस्ट अफ थ्रीमा पुगेको थियोे । त्यस्तै बेस्ट अफ थ्री खेल तेस्रो सेटको लागि समय अपुग भएकोले दुईपक्ष खेलाडीको सहमतिमा खेल लक्की ड्र मार्फत मालबासेलाई हराउँदै लासिङबुङ विजयी भएको हो ।

आत्मा पबित्र हक्चात यक्चुमको अध्यक्ष मन कुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको फाइनल खेलको प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष मुक्तिहाङ साम्बा रहेको थियोे ।

प्रतियोगिताको विजेता लासिङबुङले नगद ८ हजार ५ रुपैयाँ, मेडल तथा प्रमाणपत्र र उपविजेता माङ्सेबुङ ६ मालबासेले नगद ५ हजार ५ रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

भलिबल प्रतियोगिताको प्रायोजन गौहाङमा साम्बा, मुक्तिहाङ साम्बा, शान्तिहाङ साम्बाले गरेका थिए । उनीहरूले प्रतियोगिताको प्रथम पुरस्कार र दोस्रो पुरस्कार प्रायोजन गरेका हुन । त्यस्तै प्रायोजक मध्येमा गौहाङमा साम्बा भने स्व शंकर मादेनको श्रीमती हुन् ।

प्रतियोगितामा लामिटार सेवा समाज, गुरु आश्रम माङ्सेबुङ, सरस्वती मा.वि. भालुटार, लासिङ्बुङ माङ्सेबुङ, लालिगुरास क्लब मझुवा माङ्सेबुङ, माङ्सेबुङ ६ मालबासे, भञ्ज्याङ् स्पोर्टिङ क्लब र खलङ्गे लगायत टिमले सहभागीता जनाएको थियोे ।

सम्बन्धित खवर