शंकर मादेन स्मृति व्याडमिन्टनको उपाधि सुमन र सन्तोषको जोडीलाई - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शंकर मादेन स्मृति व्याडमिन्टनको उपाधि सुमन र सन्तोषको जोडीलाई

असोज १७, माङसेबुङ । शंकर मादेन स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि सुमन लाओती र सन्तोष कार्कीढोलीको जोडीले जितेको छ ।

आत्मा पबित्र हक्चात यक्चुमको आयोजनामा आइतबार आयोजित शंकर मादेन स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि लाओती र कार्कीढोली जोडीले जितेको छ ।

इलामको माङ्सेबुङ ३ स्थित अस्थाई व्याडमिन्टन खेलमैदानमा आइतबार भएको फाइनल खेलमा समुह ए का सुमन आङदेम्बे र सुजन आङबुहाङलाई हराउँदै समुह बी का सुमन, सन्तोषले उपाधि जितेको हो ।

फाइनल खेलमा सुमन सन्तोषले, सुमन र सुजनलाई पहिलो सेटमा २४–१३ ले हराएको थियोे । दोस्रो सेटमा सुमन र सुजनले २१–१५ को सेटमा बराबरी बनाउदै खेल बेस्ट अफ थ्रीमा पुगेको थियोे । यस्तै बेस्ट अफ थ्री खेल तेस्रो सेटका लागि लाओती र कार्कीढोलीले, २६–२४ ले हराउदै उपाधि जितेको हो ।

आत्मा पबित्र हक्चात यक्चुमको अध्यक्ष मन कुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको फाइनल खेलको पुरस्कार प्रायोजन युवा समाजसेबी दिपक तिगेला, छोरा सेइङ र गौहाङमा साम्बाले गरेको हुन । गौहाङमा स्व शंकर मादेनको श्रीमती हुन् ।

प्रतियोगिताको विजेताले नगद ३ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र र उपविजेताले नगद २ हजार रुपैयाँ मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा माङसेबुङ ५ का विभिन्न टोलका गरि ८ टिमको सहभागिता रहेको थियो । स्वर्गिय मादेन आत्मा पबित्र हक्चात यक्चुमका पुर्व कोषाध्यक्ष हुन । किरात धर्ममा लामो समयसम्म योगदान गर्नेक्रममा उनको अल्पायुमै निधन भएको थियो ।

सम्बन्धित खवर