एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालल र थाइल्याण्ड भिड्दै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालल र थाइल्याण्ड भिड्दै

असोज १९, माङसेबुङ । नेपालले आज बुधबार एएफसी यू–१७ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो २ः४५ बजे भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

यसैगरि नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताएका छन् ।

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

सम्बन्धित खवर