कातिक १, माङसेबुङ । पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिदैं विश्व प्रसिद्ध ‘बालोन डि ओर’को अवार्ड रियल मडिडका फरवार्ड करिम बेन्जिमाले हात पारेका छन् ।
फ्रान्सेली खेलाडी बेन्जिमाले गत सिजन गरेको प्रर्दशनका आधारमा बालोन डि ओरको अवार्ड हात पारेका हुन् ।
बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो ।
गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए ।
यसैगरि बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।
बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो ।
लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यस अवार्ड हात पारेका छन्