कातिक १, दमक । सहिद स्मारक ए डिभिजन लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
मंगलबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजनका क्लबबीच बसेको बैठकले सहिद स्मारक ए डिभिजन लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
लिग डबल राउण्डमा खेल्ने क्लबको इच्छा र एन्फाको सहजीकरणमा नयाँ ढाचामा नेपाली घरेलु लिग सञ्चालन गर्ने ऐतिहासिक निर्णय भएको हो ।
यो निर्णयसँगै नेपाली फुटबलले प्रतिक्षा गरेको होम एण्ड अवे अवधारणामा लिग सञ्चालन गर्ने दिशामा क्लब र एन्फा अघि बढेका छन् ।
यस्तै लिगका खेललाई उपत्यका बाहिर पनि आयोजना गर्ने र लिगलाई व्यवस्थित गर्ने सन्दर्भमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय एन्फा र क्लबले गरेका छन् ।