आजबाट सकिदै नवौं राष्ट्रिय खेलकुद, दशौं संस्करण कर्णालीमा - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट सकिदै नवौं राष्ट्रिय खेलकुद, दशौं संस्करण कर्णालीमा

कातिक ३, माङसेबुङ । आज बिहीबारबाट नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुँदैछ ।

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको समापन प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच गरिने भएको छ ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको खेलकुदको समापानमा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थिति रहनेछ । नवौंको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

यस्तै समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ ।

नवौंको समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गर्नेछन् । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ ।

यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भाईरहेको छ ।

यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।

 

सम्बन्धित खवर