नवौं राष्ट्रिय पुरुष तथ महिला फुटबलको स्वर्ण पदक एपीएफलाई - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नवौं राष्ट्रिय पुरुष तथ महिला फुटबलको स्वर्ण पदक एपीएफलाई

कातिक ३, माङसेबुङ  । विभागीय टोलि एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

एपीएफले पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई सडन डेत्थमा ६–५ ले हराउँदै स्वर्ण पदक जितेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो । नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले भने गोल गरे ।

एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले पेनाल्टीमा गोल गरे भने सनिस श्रेष्ठ पेनाल्टीमा चुके ।

महिला फुटबलको स्वर्ण पदक एपीएफलाई

विभागिय टोली एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलको स्वर्ण पदक जितेको छ ।

एपीएफले बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई २–१ ले हराएर स्वर्ण जितेको हो ।

स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काईन् ।

 

सम्बन्धित खवर