कातिक ४, माङसेबुङ । पाँचथर फाल्गुनन्दकी इन्द्रकला नेम्बाङ लिम्बू(निक्की)ले भरखरै सम्पन्न नवौँ राष्ट्रिय खेलको महिला दुवाथलनमा स्वर्ण पदक जितेकी छन् ।
५ किमि दौड, २० किमि साइक्लिङ र २.५ किमि दौड आर्मीकी इन्द्रकला नेम्बाङले १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् ।
धरानलाई कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाएर आफ्नो प्रतिभालाई निखार्दै आईरहेकी नेम्बाङले धेरै पदक तथा पुरस्कारहरु समेत हात पारिसकेकि छन् ।
यसैगरि पुलिसका किरण लिम्बुले पुरुष दुवाथलनमा स्वर्ण पदक जितेका छन् । निर्धारित दूरी पुलिसका किरणले १ घण्टा २२ सेकेन्डमा पार गर्दै स्वर्ण पद जितेका हुन् ।
पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कांस्य जितेका छन् ।
महिलातर्फ एपीएफका अनिता राईले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत जितिन् । आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डबाट कांस्य जितेकी छन् ।