टी ट्वान्टी विश्वकप : अष्ट्रेलियामाथि न्युजिल्याण्डको सानदार जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी ट्वान्टी विश्वकप : अष्ट्रेलियामाथि न्युजिल्याण्डको सानदार जित

कातिक ५, माङसेबुङ । अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउदै न्युजिल्याण्डले सानदार जित निकालेको छ ।

सिड्नी क्रिकेट मैदानमा आयोजक समेत रहेका अष्ट्रेलियालाई ८९ रनले हराउदैं न्युजिल्याण्डले सानदार जित निकालेको हो ।

२ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन तथा प्याट कमिन्सले २१ रन बनाए । मिचेल मार्शले १६ रन, आरोन फिन्चले १३ तथा टिम डेबिडले ११ रन बनाए ।

न्युजिल्याण्डको जितका लागि मिचेल स्यान्टेनरले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए । यस्तै टिम साउथीले ३, ट्रेन्ट बोल्डले २ तथा लक्कि फगुर्सन र ईश सोधीले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो । न्युजिल्याण्डका लागि ओपनर डेबिड कन्वेले ५८ बलमा ७ चौका र २ छक्काको मद्दतले अविजित ९२ रनको अर्धशतकिय ईनिङ खेले ।

अर्का ओपनर फिना एलेनले ४२ रन, जेम्स निशमले २६ रन तथा कप्तान केन विलियम्सले २३ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि जोस हेजलउडले २ तथा एडम जाम्पाले १ विकेट लिए ।

जितसँगै न्युजिल्याण्डले सुपर–१२ को पहिलो खेलमा जित हात पारेर समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खवर