इलामको सबैभन्दा ठूलो पुरस्कार राशीको आत्मानन्द कप मंसिरमा हुने - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको सबैभन्दा ठूलो पुरस्कार राशीको आत्मानन्द कप मंसिरमा हुने

  • आङबुहाङ अबोध अविरल

कातिक ५, इलाम ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ मंसिर ९–१७ आयोजना हुने भएको छ ।

आत्मानन्द कपको यस संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुने आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आत्मनन्द कपको यस संस्करणमा नेपालबाट एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब, पान्थर, चारतारे युवा क्लब, मोरङ, जलथल एफ.सि. झापा र माङसेबुङ गाउँपालिका टिम सहभागी हुने निश्चित भएको छ । यसैगरी, भारतको दार्जिलिङबाट एम.एफ.सि. सहभागी हुने निश्चित भएको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।

फुटबलका अतिरिक्त म्याराथुन, पक्लुङ लेप्मा (छेलो हान्ने), कराँते लगायतका खेल आयोजना हुने भएको छ । आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

गतसालको आत्मनन्द कप माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो ।

 

सम्बन्धित खवर