टी–ट्वान्टी विश्वकप : अन्तिम बलमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी–ट्वान्टी विश्वकप : अन्तिम बलमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

कातिक ६, माङसेबुङ । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा पाकिस्तानमाथि भारतले रोमाञ्चक जित हासिल गरेको छ ।

मेलबर्न मैदानमा आईतनबार भएको विश्वकप खेलमा पाकिस्तानलाई ४ विकेटले हराउदैं भारतले रोमाञ्चक जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिकले ३७ बलमा ४० रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदीले १६ रन बनाए ।

पाकिस्तानका लागि इफ्तिहारले ५१ रनको र मक्शुदले ५२ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका लागि अर्शदिप सिंहले ३ विकेट तथा हार्दिक पाण्ड्याले ३ विकेट लिए । यस्तै भुबनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।

जितसँगै भारत समूह दुईको र्शीष स्थानमा रहेको छ ।

सम्बन्धित खवर