कातिक ८, दमक । ऋषि सुनक बेलायतको ५७ औं प्रधानमन्त्री बनेका छन् ।
कन्जरभेटिभ पार्टीको नेता चुनिएका ऋषि सुनकले मंगलबार बर्किङ्घम दरबारमा राजा चार्ल्स तृतीयलाई भेटेसँगै औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका हुन् । भेटपछि राजाले सरकार गठनका लागि आग्रह गरेका थिए ।
उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् ।
डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् ।