साफ च्याम्पियनसिपका लागि यू–१५ महिला फुटबल टोलीको बिदाइ - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिपका लागि यू–१५ महिला फुटबल टोलीको बिदाइ

कातिक ११, माङसेबुङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेको हो ।

नोभेम्बर १ देखि ११ सम्म बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोली –

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

सम्बन्धित खवर