कातिक १२, माङसेबुङ । अष्ट्रेलियामा जारि आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सानदार जित हासिल गरेको छ ।
शनिबार सिड्नीमा भएको खेलमा श्रीलंकालाई ६५ रनले हराउदैं न्युजिल्याण्डले सानदार जित हासिल गरेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन मात्र बनायो ।
श्रीलंकाका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन जोड्दा भानुका राजपाक्षेले ३४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
न्युजिल्याण्डको जितका लागि ट्रेन्ट बोल्टले ४ विकेट तथा मिचेल स्टाननरले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो ।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले १ सय ४ रनको शतकीय इनीङ खेले । द्र्याल मिचेलले २२ तथा मिचेल स्टाननरले अविजित ११ रन बनाए ।
श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए ।
न्युजिल्याण्डको यो दोस्रो जित हो । जितसँगै समूह १ मा रहेको न्युजिल्याण्डले ३ खेलमा ५ अंक जोडेको छ ।
न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।