आयोजकले चुम्यो चतुरे गोलकपको उपाधि - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आयोजकले चुम्यो चतुरे गोलकपको उपाधि

कातिक १८, माङसेबुङ । ‘माङसेबुङ–३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।

इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ लाई २–० गोल अन्तर हराउंदै आयोजक टिमले उपाधि जितेको हो ।

उपाधिका लागि आयोजकका प्रविण राई नायक साबित भए । खेलको १३ औं मिनेटमा नै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २–० को जित दिलाए ।

जितसगै आयोजक टिम माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले नगद ५० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

उपविजेता चिबुवाले नगद ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमका प्रविन राई, उत्कृष्ट गोलरक्षक विजेता टिमकै कुमार गुरुङ, उत्कृष्ट खेलाडी उपविजेता टिमका जीवन लिम्बू र उत्कृष्ट डिफेन्डर विजेता टिमका रोशन धिमाल घोषित भए ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर