साफ यू–१५ महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१५ महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

कातिक १९, माङसेबुङ । नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपालले शनिबार ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालको जितमा वर्षा ओलीले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरिन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो ।

बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

सम्बन्धित खवर