कातिक १९, माङसेबुङ । एस.एफ.सी इलाम माङसेबुङमा जारि प्रथम अठासी गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
इलामको माङ्सेबुङ ५ मझुवास्थित निङबोदेन खेल मैदानमा शनिबार भएको खेलमा युनाइटेड सिम्ले कमल गा.पा. झापालाई २–१ गोल अन्तरले पराजित गर्दै एस.एफ.सी इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
एस.एफ.सीको जितका लागि रोसेश साम्बा र असेश साम्बाले एक एक गोल गरेका थिए । एस.एफ.सीले खेलको छैटौं मिनेटमा रशेसको गोलमा सुरुवाती अग्रता लिएका थिए । यस्तै खेलको २६ औ मिनेटमा असेशको गोलमा अग्रता दोव्वर बनाएका थिए ।
खेलको दोस्रो हाफको चौंथो मिनेटमा युनाइटेड सिम्लेले सान्तावना गोल फर्काका थिए ।
यसैगरि आज भएको दोस्रो खेलमा योङ्ग बोइज झापालाई ट्राइबेकरमा पराजित गर्दै चियाबारी एफ.सी माई ३, इलाम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेसिछ खेल गोलरहित बराबरी रोकिएपछि नतिजा ट्राइब्रेकरमा पुगेको थियोे ।
ट्राइब्रेकरमा योङग बोइजलाई ५–४ गोल अन्तरले पराजित गर्दै चियाबारी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अवसरमा प्रतियोगिताको भोली हुने पहिलो खेलमा लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा र आयोजक रातोबीच प्रतिस्पर्धा हुदैंछ । यस्तै भोलि हुने दोस्रो खेलमा अठासी ११ सेतो र युनाइटेड एफ.सी. इलाम बीच प्रतिस्पर्धा हुदैंछ ।
प्रतियोगितामा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ, एम.एस.सी.माई ६, इलाम, चियावारी एफ.सी. माई ३, इलाम, अठासी ११ सेतो, युनाइटेड एफ.सी. इलाम, एस.एफ.सी. इलाम, युनाइटेड सिम्ले कमाल गा.पा. इलाम, लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा, आयोजक रातो, चुलाचुली एप.सी. इलाम र एस. वाई. सी. सैनिक झापा गरि १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।
प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
लालीगुँरास युवा क्लवका अध्यक्ष गजेन्द्र योङ्हाङले प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए ।
माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ ।
प्रतियोगिता अन्तरगत फाईनल खेल कातिक २५ गते हुनेछ ।