कातिक २२, माङसेबुङ । एस.एफ.सी माङ्सेबुङ इलामको माङसेबुङमा जारि प्रथम अठासी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार माङसेबुङ ५, मझुवास्थित निङबोदेन खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा लक्ष्मिडाप स्पोर्टिङ युथ क्लब अर्जुनधारा झापालाई ४-० गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३८ औ जन्मजयन्तीको अवसरमा नाम्बिन लालिगुरास क्लबद्वारा आयोजित अठासी गोल्डकपको भोलि हुने पहिलो सेमिफाइनल खेलमा एम.एफ.सी महमाई र अठासी ११ सेतोबिच प्रतिश्पर्धा हुनेछ ।
अठासी गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ रुपैया पाउनेछन् ।
प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।