कातिक २३, एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ बर्षपछि प्रवेश गरेको हो ।
अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित ३ रन बनाए ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।
जेम्स निशमले अविजित १६ रन बनाउदा
कप्तान केन विलियम्सनले ४६ रन,
डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ र मोहमद नवाजले एक विकेट लिए ।