साफ यू-१५, महिला च्याम्पियनसिप : नेपाल शीर्ष स्थानमा उक्लियो - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू-१५, महिला च्याम्पियनसिप : नेपाल शीर्ष स्थानमा उक्लियो

कातिक २३, माङसेबुङ । नेपाल अपराजित रहंदै बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।

ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालदै शिर्ष  स्थानमा उक्लिएको हो ।

नेपालको जितमा सेनु परियारले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गरिन् ।


सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ ।                                   

भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।

आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

सम्बन्धित खवर