टी-ट्वान्टी पुरुष विश्वकप : इंग्ल्यान्ड दोस्रोपटक फाइनलमा प्रवेश - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी-ट्वान्टी पुरुष विश्वकप : इंग्ल्यान्ड दोस्रोपटक फाइनलमा प्रवेश

 


कातिक २४, ताप्लेजुङ । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार एडिलेट ओभलमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो ।

अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।


भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनरद्वय  जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे ।

अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा र कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।

सम्बन्धित खवर