यू-१५ महिला साफको उपाधि नेपाललाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यू-१५ महिला साफको उपाधि नेपाललाई


कातिक २५, माङसेबुङ । बंगलादेशमा सम्पन्न भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।

शुक्रबार ढाकामा भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।

नेपालले खेलको १४ औं मिनेटमा सुशिला केसीको गोलमा सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको ५४ औं मिनेटमा बंगलादेशका रुमाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काईन् ।


यसैगरी खेलको ८९ औं मिनेटमा बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।

यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो  । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल  भयो ।

बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।

भुटान अंक विहीन रहदै घर फर्कियो ।

प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खवर