मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्दै

कातिक २०, काठमाडौं । आज बुधबार नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

आज साँझ ५ः०० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ ।

करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।

नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले प्रि–म्याच कन्फरेन्समा पाकिस्तानविरुद्ध जित निकाल्न टिमको मनोबल उच्च रहेको बताएका छन् ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।

पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले प्रि–म्याच कन्फरेन्समा नेपालविरुद्ध राम्रो खेल पस्कनेमा आफु आशावादी रहेको बताएका थिए ।

पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।

नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।

पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

सम्बन्धित खवर