दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईमाथि नेपालको जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईमाथि नेपालको जित

कातिक ३०, दमक । नेपालले पाहुना टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा जित हासिल गरेको छ ।

बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको हो ।

नेपालले जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निणर्ायक खेल शुक्रबार हुनेछ ।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको बनाउदा आरिफ शेखले अविजित ३३ रन र सोमपाल कामी १६ रनमा अविजित रहे ।

यस्तै कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन, दीपेन्द्र सिंह ऐरीले १३ रन र कप्तान रोहित पौडेलले ८ रन जोडे । यसैगरि आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रनमा आउट भए ।

युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट र बसिल हामिदले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो ।

युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेल्दा अलिशन शराफुले ३५ रन र भ्रित्य अरबिन्दले २५ रन जोडे ।

यस्तै बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिदा करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

सम्बन्धित खवर