मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध नेपालको जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध नेपालको जित

कातिक ३०, दमक । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपालले जित हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले जित हासिल गरेको हो ।

यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा समेत पूरा गरेको छ ।

नेपालविरुद्धको खेलसँगै पाकिस्तान अन्तराष्ट्रिय फुटबलमा फर्किएको छ ।

नेपाललाई जित दिलाउन खेलको ८२ औं मिनेट अन्जन विष्टले निर्णायक गोल गरे । नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो ।

अन्जन सर्वाधिक गोलकर्ता निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

अन्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।

नेपालले पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सन् १९८४ सेप्टेम्बर १८ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।

सम्बन्धित खवर