युएईविरुद्धको अन्तराष्ट्रिय एकदिवसीय सिरिज नेपाललाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईविरुद्धको अन्तराष्ट्रिय एकदिवसीय सिरिज नेपाललाई

मंसिर २, माङसेबुङ । युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली नेपालले कव्जा गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले कव्जा गरेको हो ।

युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेल्दा मल्लले ६४ रनको योगदान दिए ।

कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट हुदां दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए भने हरिशंकर साह सुन्य रनमा अविजित रहे ।

युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेल्दा हजरत बिलालले अविजित २० रन बनाए ।

९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे । यस्तै अलिशन शराफुले ३३ रन, रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिदां सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।

नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो ।

सम्बन्धित खवर