विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप आजबाट सुरु - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप आजबाट सुरु

मंसिर ४, माङसेबुङ । आज आइतबारबाट विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल कतारमा सुरु हुँदैछ ।

नेपाली समय अनुसार राति ९ः४५ बजे हुने कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

विभिन्न विवाद र आलोचनाबीच मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

विश्वकप नजिकिदै जादा फिफाले सहभागिता जनाउने राष्ट्रलाई फुटबलमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरेपनि युरोपेली राष्ट्रका ९ कप्तानले विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।

समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतार विश्वकपको निकै आलोचना भएको थियो ।

 

सम्बन्धित खवर