कतार विश्वकप : विश्वकपको उद्घाटन खेलमा हार्ने पहिलो आयोजक बन्यो कतार, इक्वेडरको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : विश्वकपको उद्घाटन खेलमा हार्ने पहिलो आयोजक बन्यो कतार, इक्वेडरको विजयी सुरुवात

मंसिर ५, माङसेबुङ । विश्वकप फुटबल २०२२ मा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विजयी सुरुवात गरेको छ ।

आइतबार राति अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद विजयी सुरुवात गरेको हो ।

इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सियाले बिजयी दुई गोल गर्दै नायक बने ।

चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुवाती अगता दिलाएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए ।

विश्वकपमा भ्यालेन्सियाको यो पाँचौं गोल हो । भ्यालेन्सिया विश्वकपमा इक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यस अघि कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन ।

सम्बन्धित खवर