कतार विश्वकप : आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई गरि तीन खेल हुँदै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई गरि तीन खेल हुँदै

मंसिर ५, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई खेल गरि तीन खेलहरु हुने तालिका रहेको छ ।

नेपाली समय अनुसार आज बेलुका ६ः४५ बजे सुरु हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै समूह ‘ए’ अन्तर्गत आज राति ९ः४५ बजे सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । र आजको अन्तिम खेल राति १२ः४५ बजे समूह ‘बी’ अन्तर्गतको अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

सम्बन्धित खवर