कतार विश्वकप : इरानबिरुद्ध इंग्ल्यान्डको सानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : इरानबिरुद्ध इंग्ल्यान्डको सानदार जित

मंसिर ५, माङसेबुङ । कतारमा जारि विश्वकप फुटबलमा इंग्ल्यान्डले सानदार विजयी सुरुवात गरेको छ ।

सोमबार खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इरानबिरुद्ध ६–२ गोल अन्तरले हराउँदै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल, जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।

इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।

यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘बी’ को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

सम्बन्धित खवर