कतार विश्वकप : आज अर्जेन्टिना, फ्रान्स सहित चार खेल हुँदै - Mangsebung News
  • शुक्रबार, जेठ ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : आज अर्जेन्टिना, फ्रान्स सहित चार खेल हुँदै

मंसिर ६, माङसेबुङ । आज मंगलबार कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा मंगलबार दिउँसो ३ः४५ बजे हुुने पहिलो खेलमा समूह ‘सी’ मा रहेको उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै साँझ ६ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत नै सोमबार राति ९ः४५ बजे हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित खवर