कतार विश्वकप : जर्मनी र जापान गरि आज चार खेल हुँदै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : जर्मनी र जापान गरि आज चार खेल हुँदै

मंसिर ७, माङसेबुङ । आज बुधबार कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई गरि चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा बुधबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीच साँझ ६ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत नै बुधबार राति ९ः४५ बजे हुने तेस्रो खेलमा समूह ‘ई’मा रहेको स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै बुधबार राति १२ः४५ बजे हुने चौंथो खेलमा समूह ‘एफ’ मा रहेको बेल्जियमले क्यानडाको सामना गर्नेछ ।

सम्बन्धित खवर