कतार विश्वकप : जर्मनीबिरुद्ध जापानको सानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : जर्मनीबिरुद्ध जापानको सानदार जित

मंसिर ७, माङसेबुङ । एसियाली पावर हाउस जापानले कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीबिरुद्ध सानदार जित हासिल गरेको छ ।

बुधबार खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै जापानले सानदार जित हासिल गरेको हो । चार पटकको च्याम्पियन जर्मनीमाथि जापानको ऐतिहासिक पहिलो जित हो ।

इल्के गुन्डोगानले खेलको ३३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । उनी ५७ औं मिनेटमा डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ । हारबाट विश्वकपको सुरुवात गरेको जर्मनी पुछारमा रहेको छ ।

सम्बन्धित खवर