कतार विश्वकप : पोर्जुगल, दक्षिण कोरिया र ब्राजिल गरि आज चार खेल हुँदै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : पोर्जुगल, दक्षिण कोरिया र ब्राजिल गरि आज चार खेल हुँदै

मंसिर ८, माङसेबुङ । आज बिहीबार कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई गरि चार खेलहरु हुँदैछन् ।

आज दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै साँझ ६ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत नै बिहीबार राति ९ः४५ बजे हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै बिहीबार राति १२ः४५ बजे हुने चौंथो खेलमा समूह ‘जी’मा रहेको ब्राजिलले सर्बियाको सामना गर्नेछ ।

सम्बन्धित खवर