कतार विश्वकप : ब्राजिलको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : ब्राजिलको विजयी सुरुवात

मंसिर ९, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबलमा पाँच पटकको च्याम्पियन ब्राजिलले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति लुसाइल स्टेडियममा भएको खेलमा सर्बियालाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले विजीय सुरुवात गरेको हो ।

ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ ।

सम्बन्धित खवर