आत्मानन्द कप आजबाट सुरु, उद्घाटनमा माङसेबुङ र सुनसरी भिड्दै - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप आजबाट सुरु, उद्घाटनमा माङसेबुङ र सुनसरी भिड्दै

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर ९, माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ आज शुक्रबारबाट सुरु हुदैंछ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा सुरु हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलाम र एच.एफ.सी. सुनसरीबीच प्रतिष्पर्धा हुनेछ । माङसेबुङ र सुनसरीबिचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको छ ।े आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

अध्यक्ष आङबुहाङका अनुसार आत्मनन्द कपको यस संस्करणमा नेपालबाट एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब, पान्थर, चारतारे युवा क्लब, मोरङ, जलथल एफ.सि. झापा, माङसेबुङ गाउँपालिका टिम र भारतको दार्जिलिङबाट एम.एफ.सि.को सहभागीता रहेको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने सचिव राईले बताईन् ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर