आत्मानन्द कप : जलथल झापा सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • सोमबार, माघ १६, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : जलथल झापा सेमिफाइनलमा प्रवेश

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर १०, माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज भएको खेलमा कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङलाई २–० गोल अन्तरले पराजित गर्दै जलथल झापाले सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

जलथल झापाको जितमा कर्ण लिम्बू र सन्देश भुजेलले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको दोस्रो हाफको १०औं मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले गोल गदै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा सन्देश भुजेलले गोल गर्दै झपालाई २–० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच झापाका सुशील राई घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि आईतबार चारतारे युवा क्लब मोरङ र तिजोग युवा क्लब पाँचथरबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

यसैगरि बिरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ सम्बा पबित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा श्री सरस्वती मा.बि. का बिधार्थीहरुकोे मार्चपास सँगै सुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

सम्बन्धित खवर